अध्यक्ष एवं सम्पूर्ण रोटरीयन साथिहरु
रोटरी क्लव अफ कपिलवस्तु मिडटाउन 

स्वार्थ भन्दा माथि सेवा भन्ने रोटरीको मुलमन्त्रलाई आत्मसाथ गर्दै रोटरीका चार सुत्रिय कशीको विश्वास लिएर रोटरी अभियानमा लाग्नुभएका रोटरी क्लव अफ कपिलवस्तु मिडटाउनका सम्पूर्ण साथिहरुप्रति रोटरीमय अभिवादन ।

रोटरी क्लव अफ कपिलवस्तु मिडटाउनको रोटा वर्ष २०२४-२५ को नेतृत्व लिई आफ्नो कार्यकाल शुरु गर्नुभएका अध्यक्ष रोटरीयन बद्री प्रसाद काफ्ले ,क्लवका संस्थापक अध्यक्ष,पूर्व अध्यक्षज्यूहरु,बोर्डका पदाधिकारी तथा सम्पूर्ण सदस्यज्यूहरुमा सफल कार्यकालको हार्दिक शुभकामना संगै रचानात्मक कार्य गर्ने सामर्थ्य मिलोस भन्ने शुभकामना व्यक्त गर्दछु । रोटरी जस्तो पवित्र संस्थाको सदस्य भई तपाईहरुको क्लवमा एसाइन एसिस्टेन्ट गर्भनर भएर संस्थागतरुपमा नजिक हुने अवसर पाउदा निकै खुशी लागेको छ ।

रोटरी इन्टरनेशनल र रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानले वर्ष २०२४-२५ मा राखेको गोल अनुसार लक्षित समुदायका नागरिकको जनजीवनमा प्रत्यक्ष लाभ पुग्नेगरि रचानात्मक कार्यक्रम संचालन गर्दै वर्ष २०२४-२५ लाई उत्कृष्ट वर्ष बनाउन क्लवका सम्पूर्ण रोटरीयन सदस्य साथिहरुको योगदानको अपेक्षा संगै म स्वयमले पनि यहाँहरुको कार्यमा सहजिकरण गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

रो. कल्पना तिवारी
एसिस्टेन्ट गर्भनर २०२४-२५
जोन ३२
रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटान

Rtn. Kalpana Tiwari

Assistant Governor -Zone 32 2024/25