Rtn.Badri Prasad Kafle

President RlY 2024-25

अध्यक्षको भनाइ

मानवीय सेवा गर्ने भावनाले ओतप्रोत भई यस क्षेत्रका विभिन्न पेशा , व्यावसायमा आवद्ध बौद्धिक वर्ग तथा युवाहरूको प्रयास तथा सल्लाहकार ज्यू हरूको सल्लाह सुझाव पश्चात ई•स• २६ अक्टोबर २०१६ मा रोटरी कल्व अफ कपिलवस्तु मिड टाउनको स्थापना भएको तत पश्चात समाजमा सकारात्मक परिवर्तन ल्याउने अभिलाषाका साथ धैरे भन्दा धेरै सदस्यहरूको सहभागीतामा मानवीय सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छौँ।

‘स्वार्थ भन्दा माथी सेवा’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै यस रोटरी कल्ब अफ कपिलवस्तु मिड टाउनले विगत आठ वर्ष देखि निरन्तर विभिन्न रचनात्मक कार्य गर्दै आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ । हामीले व्यक्ति भन्द माथी कल्बको हित लाई सर्वोपरि राखेर विधि,विधान , नियम , कानूनको परिधिभित्र रहि कल्बका गतिविधिहरू संचालन गरिरहेका छौँ।

कल्बले तयार गरेको Action Plan अनुरूपका कार्यहरू सम्पन्न गर्नका निमित्त रोट्र्याक्ट एवम् इन्ट्र्याक्ट कल्ब लाई प्रोत्साहन गर्दै , रोटरीयनहरू बिचको संबन्ध प्रगाढ गर्ने , भावनात्मक सम्बन्ध स्थापित गर्ने , रोटा वर्ष २०२३/२४ मा गर्न बाकी रहेका कार्यक्रमहरूलाइ निरन्तरता दिन कल्बका संस्थापक अध्यक्ष , पूर्व अध्यक्ष ज्यू हरू , डिस्ट्रीक कमिटिका चेयर , कल्बका पदाधिकारी एवम् सल्लाहकार ज्यू हरूको साथ सहयोगको पूर्ण अपेक्षा राखेको छू।

स-धन्यवाद सहित ! जय रोटरी ।

बद्री प्रसाद काफ्ले

अध्यक्ष
रोटरी कल्ब अफ कपिलवस्तु मिडटाउन 
वर्ष २०२४-२५